हेटौंडा, जेठ २९ – बागमती प्रदेश प्रदेशसभामा आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज बागमती प्रदेशसभाबाट बहुमतले पारित भएको हो ।
बागमती प्रदेश नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र नेता माधवकुमार नेपाल एमाले एक ढिक्का भएर नीति तथा कार्यक्रम बहुमतले पारित गरेका हुन् ।
आज बिहान बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेल र नेपाली पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले नीति तथा कार्यक्रम पारित गराउन सांसदहरुलाई संयुक्त रुपमा निर्देशन दिएका थिए ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टीले भने नीति तथा कार्यक्रमलाई समर्थन गरेनन् ।
एमालेका शीर्ष नेताहरु विभाजित भए पनि बागमतीमा एमाले एक ढिक्का भएकाले मात्रै सो नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
FACEBOOK COMMENTS