काठमाडौं, असार ३- बागमती प्रदेशले कर तिर्ने समय असार मसान्तसम्मका लागि थप गरेको छ । देशमा भएको लकडाउनको कारण उत्पन्न असहज परिस्थितिका कारण कर तिर्न कठिनाइ भएको जनाउँदैं प्रदेश सरकारले कर तिर्ने म्याद असार मसान्तसम्म कायम गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले एक सूचना जारी गरी सो कुरा बताएको हो ।
यस संगै सवारी साधन कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा गैर राजश्व दाखिला गर्ने समय असार मसान्तसम्म थप भएको छ ।
FACEBOOK COMMENTS