काठमाडौं । बागमती प्रदेशले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश तहलाई ७ अर्ब ५० करोड ५६ लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ ।
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार उक्त रकम विनियोजन भएको हो । यसमा वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब ५० करोड रुपैयाँ, सशर्त अनुदान तर्फ २ अर्ब ६६ करोड ३१ लाख १२ हजार रुपैयाँ, विशेष अनुदान तर्फ ४२ करोड ४३ लाख ५० हजार र समपुरकतर्फ २ अर्ब ९१ करोड ८१ लाख ७९ हजार रुपैयाँ छ ।
प्रदेश सरकारले उक्त रकममा महानगरपालिकाको लागि ३८ करोड ८९ लाख ५६ हजार, उप–महानगरपालिकाको लागि ११ करोड ६६ लाख ९६ हजार, नगरपालिकाको लागि ३ अर्ब ७ करोड ८ लाख ४७ हजार र गाँउपालिकाको लागि ३ अर्ब ९२ करोड ९१ लाख ४२ हजार रुपैयाँ दिएको छ ।
महानगरपालिकामा वित्तीय समानीकरण अनुदानतर्फ १७ करोड ७२ लाख ७२ हजार, सशर्त अनुदानतर्फ १७ करोड १७ लाख ३८ हजार र सपुरक अनुदानतर्फ ३ करोड ९९ लाख ४६ हजार रुपैयाँ रहेको छ ।
यस्तै उप–महानगरपालिकाको लागि वित्तीय समानीकरण अनुदानतर्फ २ करोड ९८ लाख ६७ हजार, सशर्त अनुदानतर्फ ५ करोड ६८ लाख २९ हजार रुपैयाँ र समपुरकतर्फ ३ करोड सशर्त अनुदानमा ५ करोड ६८ लाख २९ हजार ररहेको छ ।
यस्तै नगरपालिकाको लागि वित्तीय समानीकरण अनुदानतर्फ ६४ करोड १९ लाख ५७ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ १ अर्ब १० करोड ८ लाख ८ हजार विशेष अनुदानतर्फ १४ करोड ८९ लाख र समपुरक अनुदानतर्फ १ अर्ब १७ करोड ९१ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
यता गाँउपालिकाको लागि वित्तीय समानीकरण अनुदानतर्फ ६५ करोड ९ लाख ४ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ १ अर्ब ३३ करोड ३७ लाख ३७ हजार विशेष अनुदानतर्फ २७ करोड ५४ लाख ५० हजार रुपैयाँ र समपुरक अनुदानतर्फ १ अर्ब ६६ करोड ९० लाख ५१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
FACEBOOK COMMENTS