काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको झापा–५ का उम्मेदवार बालेन्द्र ‘बालेन’ साहले आफ्नो छुट्टै बाचापत्र सार्वजनिक गरेका छन् ।
‘जनअपेक्षा अनुसारको काम गर्न आएको हुँ, काम गर्न दिनुहोला’ भन्दै उनले ११ बुँदे प्रतिवद्धता र सङ्घीय सांसदको हैसियतले गर्ने ६ बुँदे कामलाई प्राथमिकता दिएर उनले छुट्टै बाचापत्र सार्वजनिक गरेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्र, २०८२–थिति बसाल्ने सङ्कल्प’ कार्यान्वयनको नेतृत्व गर्ने पनि बताएका छन् ।
यस्तै, शिक्षा, पूर्वाधार, स्वास्थ्य, कृषि तथा रोजगारी, भूमि व्यवस्थापन, वातावरण, महिला तथा बालबालिका, सुशासन, पर्यटन तथा उद्योग, कला एवम् संस्कृति र खेलकुलको क्षेत्रमा गर्ने कामको फेहरिस्त पनि बालेनले आफ्नो बाचापत्रमा उल्लेख गरेका छन् ।
हेर्नुहोस् पूरा विवरण–


FACEBOOK COMMENTS