काठमाडौं, भदौ १९ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभाको सदस्य बन्ने पक्का भएको छ ।
राष्ट्रपतिले मनोनित गर्ने एक पदमा गौतमलाई गत फागून १४ मा पार्टी सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् ।
सचिवालयको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बताएका थिए । राष्ट्रपतिबाट मनोनित गर्ने एक पद राष्ट्रियसभामा रिक्त छ।
पार्टी प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतम पार्टी निर्णयअनुरूप राष्ट्रियसभा सदस्य सिफारिश हुने बैठकलाई जानकारी गराएका थिए ।
यस्तै बैठकमा प्रतिवेदनमा छलफल गरी ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS