काठमाडौं फागुन ११ । नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलाल श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर रहेको पारिवारीक श्रोतले जनाएको छ ।
ताजा जानकारी अनुसार श्रेष्ठलाई मेडिसिटी अस्पतालमा भेन्टीलेटरमा राखिएको छ । श्रेष्ठ लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । यसअघि पनि निमोनिया लगायत अन्य विभिन्न संक्रमणहरुले ग्रसित श्रेष्ठलाई लामो समयसम्म सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।
नेपाल बामपन्थी आन्दोलनका सहयोद्धा श्रेष्ठलाई पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत आफ्ना गुरु मान्ने गर्छन् ।
कतिपय पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषय वस्तुहरुमा प्रष्ट हुनका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उहाँसँग सरसल्लाह लिने गर्छन् ।
लामो समय प्रध्यापन पेशामा सकृय श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने पहिलो ब्यक्ति हुन भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्ता समेत थिए ।उनी माणिक सरको नामले चर्चित र धेरैका आदरणीय समेत मानिन्छन् ।
FACEBOOK COMMENTS