 
			                  			              
काठमाण्डौँ — बारा र पर्सामा आएको हुरीबाट करिब ५१ करोडको क्षति भएको छ।
कृषि तथा पशुपंछी विकास मन्त्रालयद्वारा बिहिबार सार्वजनिक तथ्यांकले ५० करोड ७९ लाख ३२ हजार ७०० रुपैयाँ बराबर क्षति भएको हो।
मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा उपसचिब गंगा आचार्यकाअनुसार चैत १७ गते आएको हुरीबाट कृषिको बालीतर्फ ५० करोड तीन लाख ४९ हजार ७०० रुपैयाँ र पशुपन्छीतर्फ ७५ लाख ८३ हजार रुपैयाँ बराबर क्षति भएको हो।
हुरीबाट बारा र पर्सा जिल्लाको १० नगरपालिका–गाउँपालिकाको २२ वटा वडाका किसानले कृषिबाली तथा पशुपन्छीतर्फ क्षति व्यहोरेका थिए।
त्यस्तै आंशिक रुपमा बारामा ९५५ र पर्सामा ३८७ वटा क्षति भएको छ।

हुरीका कारण ११ जना महिला, १० पुरुष र ६ जना वालवालिकाले ज्यान गुमाएका थिए।

— अन्न्पुर्ण

 
              
              
              
              		              
FACEBOOK COMMENTS