काठमाडौं – सार्क चेम्बर उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य चण्डीराज ढकालले बारा र पर्सा जिल्लामा हावाहुरीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
हावाहुरीबाट ठूलो मात्रामा मानवीय क्षति पुग्नुका साथै घरपालुवा चौपाया तथा घर टहरा, भौतिक पूर्वाधारहरु समेत तहसनहस भएकोमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका ढकालले दुःख व्यक्त गरेका हुन् ।
हावाहुरीबाट पीडित क्षेत्रमा सञ्चालित उद्योगहरुमा समेत क्षति पुग्न गएको सन्दर्भमा चिन्तित बनेका हुन् ।
FACEBOOK COMMENTS