काठमाडौं, चैत २९ – रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा रियलले बार्सिलोनामाथि २–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक–एक गोल गरे । उता बार्सिलोनाका लागि मिनग्यूले एक गोल फर्काए ।
खेलको १३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै टिमलाई अग्रता दिलाए । २८ औं मिनेटमा क्रुसले गोल गर्दै टिमलाई जिततर्फ लिए । उता बार्सिलोनाका लागि खेलको ६० औं मिनेटमा मिनग्यूले गोल गरे पनि टिमको हारलाई टार्न सकेनन् ।
जितसँगै रियलले लिगमा ३० खेलबाट ६६ अंक जोडेर आफूलाई शीर्ष स्थानमा स्थापित गरेको छ । पराजित बार्सिलोना ६५ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।
FACEBOOK COMMENTS