काठमाडौं, मंसिर ४ – टिकटकले आफ्नो प्लेटफर्ममा साना-साना बालबालिकाहरुलाई संरक्षण गर्न उनीहरुको अभिभावकलाई नियन्त्रण अधिकार दिने नयाँ टुलहरु थप गर्दैछ । यसअन्तर्गत अभिभावकले बालबालिकाहरुले कुनै पनि विशेष शब्द, प्रयोगकर्ता तथा ह्यासट्यागको खोजी गर्न रोक लगाउन सक्ने छन् । यसबाहेक बालबालिकाको भिडियो क्लिपमा आउने कमेन्ट समेत ब्लक तथा सीमित गर्न सकिनेछ ।
साथै बालबालिकाले कुन भिडियोलाई लाइक गरेका छन् भन्ने कुराको जानकारी समेत अभिभावकले अन्य प्रयोगकर्ताबाट लुकाउन सक्ने छन् । टिकटकले यो फिचरहरु फ्यामिली पेयरिङको अभियान अन्तर्गत आफ्नो साइटमा ल्याएको हो । यसअन्तर्गत बालबालिकाहरुको अकाउन्ट उनीहरुका ठूला अभिभावकहरुसँग लिङ्क गराउन सकिन्छ ।
यसअन्तर्गत रहेर अभिभावकहरुले आफ्नो बालबालिकाको एपमा संलग्न हुने समय पनि सिमित गर्न सक्छन् साथै प्लेटफर्मबाट आउने डाइरेक्ट म्यासेजको अप्सनलाई पनि डिजेबल गरिदिन सक्छन् ।तर कम्पनीले बालशोषण विरुद्धको आफ्नो नीतिमा अडेर १६ वर्षभन्दा मुनीका प्रयोगकर्ताहरुको डाइरेक्ट म्यासेज फिचर डिएक्टिभेट गर्दै आएको छ ।
यसअघि २०१९ मा बालबालिकाको अनलाइन गोपनीयता संरक्षण कानुन अर्थात् कोप्पाको उल्लंघन गरेको आरोपमा टिकटकमाथि अमेरिकाको संघीय व्यापार आयोगले ५७ लाख अमेरिकी डलरको जरिवाना गराएको थियो ।
FACEBOOK COMMENTS