काठमाडौं, चैत २५ – विद्यालय जाने उमेरका बालबालिकाहरुमा समेत कोभिड–१९ को यूके भेरियण्ट (बी.१.१.७) सँग मिल्दोजुल्दो संक्रमण देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का प्रमुख डा. कृष्ण पौडेलका अनुसार बालबालिका र ५० वर्षभन्दा कम उमेरका मानिसहरुमा देखिएको संक्रमण यूके भेरियण्ट (बी.१.१.७) सँग मिल्दोजुल्दो पाइएको हो । यद्यपि यसलाई प्रमाणित गर्न गर्नुपर्ने जिन सिक्विनिङ नेपालमा हुँदैन ।
पौडेलका अनुसार पछिल्लो समय भेटिएका केही संक्रमितमा एस जिन देखिएकाले नयाँ भेरियन्ट हुनसक्ने आशंका गरिएको हो । ‘हामीसँग त्यति धेरै ठूलो तथ्यांक त छैन, तर हामीले गरेको स्याम्पलिङमा बालबालिकामा बढी एस जिन देखिएको छ,’ डाक्टर पौडेलले भने, ‘बालबालिकाहरुलाई संक्रमणबाट जोगाउन शिक्षण संस्थाहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न भनेका हौं ।’
FACEBOOK COMMENTS