काठमाडौं, पुस १ –सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
पूर्वनिर्धारित तालिकाअनुसार नै स्थायी कमिटी बैठक सुरू भएकाे नेकपा अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयाेजक विष्णु सापकाेटाले जानकारी दिए। बैठकअघि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो। छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।
स्थायी कमिटी बैठकमा हिजाे जारी संवैधानिक परिषद् अध्यादेश र दुई अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । केही महिनायता नेकपा आन्तरिक किचलोमा फसेको छ।
FACEBOOK COMMENTS