काठमाण्डौ, फागुन १५- बाल विवाह गर्ने बेहुला र उनका बुवालाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ नगवा बस्ने १९ वर्षका बेहुला र ४६ वर्षका उनका बुवा रहेका छन्।
वीरगञ्ज १६ स्थित लक्ष्मीनारायण टोलमा १७ वर्षकी बालिकाको विवाह भइरहेको सूचनाको आधारमा गएको प्रहरीले बेहुला र उनका बुवालाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
पक्राउ परेका दुवै जना विरुद्ध वाल विवाह सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको खनालले बताए।