काठमाडौं, असोज १५ – नेपालमा चर्चित ब्राण्ड बिएमडब्लुको शो रुम तिनकुनेमा खुल्ने तयारी अन्तिम चरणमा पुगेको छ। नेपालमा बिएमडब्लु लक्ष्मी प्रिमियम मोटर्सले तिनकुनेमा भब्य शो रुम बनाएको छ।
बिएमडब्लुको थ्रि एस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्टस तिनुकुनेमा एक महिनाभित्र संचालनमा आउँदै छ। नेपालमा बिएमडब्लु लक्ष्मी प्रिमियम मोटर्सले भित्र्याएको हो ।
नेपालमा हुन्डाइ भित्र्याउने संचालकहरुनै बिएमडब्लु भित्र्याएका हुन । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हुन्डाइ भित्र्याउदैँ आएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलकै अर्को नयाँ संस्था लक्ष्मी प्रिमियम मोटर्स हो। नेपालमा बिएमडब्लु प्रवेश भएसँगै ५ भन्दा सवारी साधनसमेत शो रुम निमार्णाधिन अवस्थामा विक्री भइसकेको छ।
FACEBOOK COMMENTS