प्राधिकरणको सञ्चालक समितिको बैठकले माग आउनेबित्तिकै बिजुलीको लोड स्वीकृतिका लागि आवश्यक व्यवस्था गरिसकेको छ । कुनै कारणले तत्काल उपलब्ध हुन नसक्ने भए त्यसको जानकारी ग्राहकलाई दिनसमेत निर्देशन दिइएको छ ।
प्राधिकरणका अनुसार थ्री फेज लाइनतर्फ ४०० भोल्टको लोड स्वीकृति तथा जडानका लागि पनि अधिकतम १० दिनभित्र अनुमति दिनुपर्ने व्यवस्था गरिएको छ । हाल कायम रहेको संरचनाबाट दिन सकिने भए सात दिनभित्र र टिओडी वा स्मार्ट मिटर लिने ग्राहकका हकमा भए १० दिनभित्र लोड स्वीकृत गरी जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
हाल कायम रहेको संरचना विस्तार गर्नुपर्ने भए आवश्यक प्रक्रिया अवलम्बन गरी तुरुन्त लाइन जोड्ने प्रबन्ध गर्नुपर्नेछ । मौजुदा वितरण संरचनामा ग्राहक स्वयंले विस्तार वा स्तरोन्नति गर्नुपर्ने भए आवश्यक प्रक्रिया मिलाएर तीन दिनभित्र काम सम्पन्न गर्नुपर्ने विद्युत् प्राधिकरणले जनाएको छ ।
नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ र नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईँको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छ वा कुनै पनि सेवाका लागि ढिलाइ गरिरहेका छ भने प्राधिकरणको केन्द्रीय कार्यालयमा सिधा सम्पर्क गर्न सकिने छ ।
FACEBOOK COMMENTS