काठमाडौं, असोज २३ – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-६ सुनसरीका ६८ वर्षीय पुरुष र दुहवी, सुनसरीका ५२ वर्षीय पुरुष रहेका छन्।
इटहरीका पुरुष प्रतिष्ठानको कोभिड अस्पतालमा यही असोज २२ गते उपचारका लागि भर्ना भएका थिए। उनलाई सोही दिन कोरोना पोजेटिभ पुष्टि भएको थियो।
पहिलेदेखि नै अन्य दीर्घरोग समेत रहेका उनको २२ गते राति साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै मृत्यु हुने दुहवीका ५२ वर्षीय व्यक्ति असोज १२ गते अस्पताल भर्ना भएका थिए । १२ गते नै कोरोना पोजेटिभ पुष्टि भएका उनको २३ गते राति २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा पहिलेदेखि नै मिर्गौला रोग थियो।