काठमाण्डौँ — गत साता काठमाडौंमा सम्पन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को सम्मेलनमा परराष्ट्रबाहेकका निकायले करिब १५ करोड रुपैयाँ खर्चको प्रस्ताव पेस गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार ४ मन्त्रालयले बिमस्टेकको खर्च सहमति माग्ने क्रममा करिब १५ करोड रुपैयाँ खर्चको विवरण पेस गरेका हुन् ।
सबैभन्दा बढी खर्चको माग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ ।
अर्थको विवरणअनुसार उसले ८ करोड २१ लाख १५ हजार रुपैयाँ खर्च गर्ने प्रस्ताव अर्थसँग गरेको छ ।
त्यसपछि रक्षाले ३ करोड ६८ लाख ६३ हजार रुपैयाँ बिमस्टेकमा खर्च गर्ने गरी प्रस्ताव पेस गरेको थियो ।
गृहले २ करोड र सूचना तथा सञ्चार मन्त्रालयले ७३ लाख ५९ हजार रुपैयाँ खर्च लाग्ने भन्दै त्यसको सहमतिका लागि अर्थलाई पत्राचार गरेको छ ।
बिमस्टेक सम्मेलनको आयोजना गर्ने प्रमुख सरकारी निकाय परराष्ट्र मन्त्रालयको खर्च विवरण यसमा उल्लेख छैन ।
—कान्तिपुर
FACEBOOK COMMENTS