काठमाडौं । बीमा समितिले नयाँ जीवन बीमा, निर्जीबन बीमा र लघुबीमा कम्पनीलाई इजाजत (लाईसेन्स) दिने निर्णय नभएको जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विज्ञप्ति जारी गर्दै कुनै पनि नयाँ कम्पनीलाई लाईसेन्स दिने निर्णय नभएको जानकारी गराउनु भएको छ ।
पौडेलद्वारा जारी विज्ञप्तिमा यी सबै बजार हल्ला भएकाले हल्लाको पछि नलाग्न र यस्ता भ्रमक, असत्य सूचना प्रकाशन प्रशारण नगर्न समेत सबैलाई आग्रह गरिएको छ । पछिल्लो समय नयाँ बिमा कम्पनीलाई इजाजत दिने समाचारहरू आएको र त्यस्ता समाचारमा समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । बीमा समितिलाई विवादमा विवादमा पार्ने मनसायले यस्ता समाचार आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS