काठमाडौं – बिमा कम्पनीले गत आर्थिक वर्ष ७३ अर्ब १५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
बिमा कम्पनी (जीवन र निर्जीवन) ले आर्थिक वर्ष २०७४÷०७५ मा संकलन यो गरेको प्रिमियम (बिमा शुल्क) अघिल्लो आर्थिक वर्षको तुलनामा २७.८३ प्रतिशत बढी हो ।
कम्पनीहरूको व्यवसायमा भएको विस्तारसँगै अघिल्लो वर्षको तुलनामा बिमा शुल्क उच्च वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्षमा ५७ अर्ब २२ करोड रुपैयाँ प्रिमियम संकलन भएको थियो ।
पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि बिमासम्बन्धी चेतना बढेको नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए ।
– अन्नपूर्ण
FACEBOOK COMMENTS