काठमाडौं, भदौ २२ – नेपाली खाद्यान्न बजारमा छाेटाे समयमा उपभोक्ताको मन जित्न सफल बिरयानी ब्रान्डकाे लङ्ररेन चामलले अब प्रत्येक २० के.जी.काे बाेरा बिक्री बापत आउने ५० रुपैयाँ विश्वव्यापी माहामारीकाे बेला खान नपाएका व्यक्तिहरुलाई प्रदान गर्ने उद्घोष गरेको छ। ‘हरेक भोकोको थालमा खाना’ अभियान अन्तर्गत बिरयानी ब्रान्डले यस्तो घोषणा गरेको हो ।
बिगत छ महिनादेखिको लामाे लकडाउनले हजारौं मानिसहरु राेजगारी गुमाउन बाध्य छन् । अहिले बजारमा राेजगारी पाउन सक्ने अवस्था पनि छैन । यस्तो अवस्थामा समस्यामा परेका मजदुर र आर्थिक अवस्था कमजोर भएकालाई खानाको व्यवस्था गर्न यस्तो याेजना लिएर अगाडि बढेकाे सो ब्रान्डकाे नेपाली बिक्रेता कम्पनीले जनाएकाे छ।
कम्पनीका अनुसार यो घोषणाको कार्यान्वयनको सुरुवात आजदेखि देशका मुख्य-मुख सहरहरु काठमाडौँ उपत्यका ,पाेखरा र विराटनगरबाट गरिने छ ।
FACEBOOK COMMENTS