काठमाण्डौ -साइबर हमलामा चर्चित व्यक्तिहरू तथा कम्पनीको ट्विटर एकाउन्ड ह्याक भएको छ।
पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्यापर कानिय वेस्ट लगायतकाको ट्विटर ह्यान्डल ह्याक भएको हो। यस्तै ह्याकरहरूको निशानामा एप्पल र उबर जस्ता कम्पनीको ट्विटर ह्यान्डलाई पनि परेका थिए।
ह्याक भएका ह्यान्डलमा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी (बिटक्वाइन) चन्दास्वरूप पठाउन भनिएको थियो। मलाई सबैले अरूलाई दिन आग्रह गर्ने गरेका छन्, र अहिले त्यो समय आएको छ । बिल गेट्सको ट्विटर खातामा राखिएको झुटा ट्वीटमा लेखिएको थियो, १,००० डलर पठाउनुस्, म तपाईँलाई २,००० डलर पठाउँछु ।
यी ट्विटहरू पोस्ट भएको केही मिनेटमा नै हटाइएको थियो।
ट्विटरले यसमा तुरून्तै कदम चाल्दै निलो चिन्ह प्राप्त प्रमाणित ह्यान्डलहरूलाई ट्विट गर्न रोकेको थियो। यसैगरी पासवर्ड रिसेटुका अनुरोधहरू पनि अस्वीकार गरिएको विवरणहरू सार्वजनिक भएका छन्।
साइबर सुरक्षा कम्पनी क्राउड स्ट्राइकका सह(संस्थापक दिमित्रि एल्पेरिभिचले रोयटर्ससँग यसलाई सामाजिक संजालमा भएको आजसम्मकै खराब ह्याक भएको प्रतिक्रिया दिएको बिबिसीमा प्रकाशित समाचारमा जनाइएको छ। ट्विटरले घटनाको अध्ययन गरेको र चाँडै नै यसबारेमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने बताएको छ।
FACEBOOK COMMENTS