काठमाडौं, वैशाख ८ । चीनियाँ राष्ट्रपति सी जिनपिङले ‘बेल्ट एण्ड रोड’ परियोजना (बीआरआई) लाई सफल बनाएरै छाड्ने बताएका छन् । उनले बोआओ मञ्चको वार्षिक शिखर सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै बीआरआई सफल बनाउन चीन प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले भने, ‘चीनले विश्वलाई जोड्न सम्पर्क सञ्जाल निर्माण गर्न दृद्दढ पूर्वाधार निर्माण गर्छ। र, त्यो पूर्वाधार हार्ड एण्ड सफ्ट दुवै प्रकाका हुनेछ ।” विश्वलाई जोड्ने पूर्वाधारको निर्माण सक्न चीन प्रतिबद्ध भएको र सबै पक्ष यसमा लाग्नुपर्ने सीको भनाई थियो ।
उनले चीनले हरित पूर्वाधार, हरित उर्जा, हरित वित्तका क्षेत्रमा पारस्परिक सहयोगलाई थप सुद्दढ गर्न आग्रह गरे । सन् २०३० सम्ममा चीनले सुरु गरेको बीआरआई परियोजनाबाट विश्वका ७६ लाख मानिसलाई गरिबिबाट मुक्त गर्ने चीनको लक्ष्य छ ।