काठमाडौं, कात्तिक ५ – बैंक अफ काठमाण्डू (बीओके) ले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको दसैंमा व्यक्तिगत दूरी कायम गरी चाडपर्व मनाउन अनुरोध गर्दै बैंकले यस्तो योजना ल्याएको हो । व्यक्तिगत दूरी कायम राख्न सहयोग पुग्ने हेतुले बैंकले ‘तीनमा तीन सय’ नगद उपहार योजना ल्याएको जनाएको छ ।
साथै, चाडपर्वलाई हर्षोल्लासका साथ मनाउन बैंकका ग्राहकले तीनपटक भिन्नभिन्न व्यक्तिलाई बैंकको मोबाइल बैंकिङ प्रयोग गरी दक्षिणा प्रदान गर्दा एक हजार वा सोभन्दा बढी भएमा तीन सय नगद उपहार लागि ग्राहकयोग्य हुने जनाइएको छ ।
FACEBOOK COMMENTS