काठमाडौं– गैरआवासीय नेपालीको लगानी रहेको बीबी एयरवेजको लाइसेन्स ब्यूँतिएको छ । सन् २०१२ मा लाइसेन्स पाएर काठमाडौं–मलेसिया उडान गरेको यो एयरवेजको लाइसेन्स केही वर्षअघि लाइसेन्स खारेज भएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले असार १ गते यो एयरवेजको लाइसेन्स ब्यूँताउने निर्णय गरेको हो।
कम्पनीले नेपाल वायुसेवा निगमसँग १५ करोड रुपैयाँमा बोइङ ७५३–२०० खरीद गरेको थियो। कम्पनीले यो बोइङ बिक्री गरेर चारवटा न्यारोबडी जहाज खरीद गर्ने व्यवसायिक योजना मन्त्रालयमा प्रस्तुत गरेको छ।
कम्पनीले न्यारोबडी जहाजमार्फत दुवर्इ, दोहा, सिंगापुर, मलेसिया, भारत लगायतका मुलुकमा उडान गर्ने योजना मन्त्रालयमा दिएको छ।
FACEBOOK COMMENTS