काठमाडौं – विकासशिल राष्ट्रहरुको बीमक र पुनर्बीमकको संगठन –एआईआरडिसी को २१ औं अन्तरराष्ट्रि सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ । २२ औ सम्मेलन सन् २०२० मा घानामा गर्ने निर्णय गर्दै सम्मेलन सम्पन्न भएको हो ।
बीमा कम्पनीहरुको वित्तिय पहुँचको बिषयमा कार्यपत्र प्रस्तुत गर्दै एम वेस्टका कार्यकारी अधिकृत डा.रोगर शेल्लीजले एशियामा नेपाल लगायतका ५ मुलुकका कम्पनीहरु जोखिम अवस्थामा रहेको बताए ।
बीमा विज्ञ जिम्मी मोलिनियरले बीमाको पहुँच बढाउन र लागत घटाउँन प्रविधिको प्रयोग आवश्यक भएको बताए । सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले प्रविधिका कारण बीमालेख जारी गर्न, दाबी भुक्तानी गर्न, बीमाशुल्क संकलन गर्न सहज हुने बताए । साथै, कम विकसित राष्ट्रहरुमा प्रविधिको प्रयोग गर्दा अवरोधहरु पनि कम हुने उनको भनाइ छ ।
सम्मेलनमा लघुबीमा बिषयमा कार्यपत्र प्रस्तुत गर्दै हेनरी पुर्नबीमा कम्पनीमा डिर्क रिनहार्डले लघुबीमा गरिब मानिसहलाई उपयोगी भएको बताए । उनले भने, “तर यसले मानिसलाई गरिबीबाट निकाल्ने हैन, गरिबीबाट बाहिर निस्केका मानिसलाई पुन ः गरिबीमा नजान सहयोगी मद्दत गर्छ ।” तर, यसको मुख्य चुनौती सञ्चालन खर्च बढी हुने उनको भनाइ थियो ।
सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले नेपालमा लघुबीमाको सम्भावना अधिक रहेको बताए । यसका चुनौती पनि उत्तिकै रहेको उनको भनाइ छ ।
नेपालमा सञ्चालन भएको एआईआरडिसी सम्मेलनमा नेपाल सहित १८ वटा मुलुका ५ सय भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
FACEBOOK COMMENTS