काठमाडौं – बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन मङ्गलवार देखि काठमाडौंमा शुरू भएको छ ।
विकासशील राष्ट्रका बीमक र पुनर्बीमकको सङ्गठन (एआईआरडीसी)को २१औं अन्तरराष्ट्रिय सम्मेलन नेपालमा दोस्रोपटक हुन लागेको हो।
नेपालमा यसअघि सन् २००० मा यस्तो सम्मेलन भएको थियो । १८ वर्षपछि नेपालले पुनः एआईआरडीसीको सम्मेलनलाई नेतृत्व गर्ने अवसर पाएको छ । सम्मेलन बुधवारसम्म चल्ने छ ।
नेपालको बीमाबजारलाई समय सान्दर्भिक बनाउन सम्मेलन लाभदायी हुने अपेक्षा गरिएको छ । समितिका अनुसार सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका नियामक निकायका प्रतिनिधि, बीमाविज्ञ तथा व्यवसायीहरू काठमाडौं आइपुगेका छन् ।
सम्मेलनमा झण्डै २० राष्ट्रका २ सयभन्दा बढी प्रतिनिधिको सहभागिता हुनेछ । त्यसबाहेक स्वदेशका करीब ३ सय जनाको सहभागिता हुने अनुमान गरिएको छ ।
सम्मेलनमा ८ मुलुकका बीमाविज्ञहरूले विपद् जोखीम व्यवस्थापन, बीमाबजारमा प्रविधिलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
FACEBOOK COMMENTS