काठमाण्डौँ – बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले बीमा पहुँच १४ प्रतिशत पुगेको बताएका छन् ।
शुक्रबार मिडिया इन्टरनेसनको आयोजना, बीमा समितिको प्रवद्र्धन तथा रिलायन्स लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स सँगको सहकार्यमा सुरु भएको बीमा जागरण सम्बन्धि कार्यक्रम मेरो खुसि मेरो बीमा को समुद्घाटन गर्दै अध्यक्ष चापागाईँले यस्तो बताउनु भएको हो ।
दुई बर्ष अगाडी ७ प्रतिशत रहेको बीमा पहुँच २ बर्षको अवधिमा बढेर दोब्बर अर्थात् १४ प्रतिशत पुगेको बतएका हुन् ।
बीमा समितिले एक बर्ष अगाडीदेखि नै निर्जिवन बीमा कम्पनीहरुले आफ्नो कुल प्रिमियमको १.५ प्रतिशतसम्म रकम ४ वटा विभिन्न बीमा विस्तारको क्षेत्रमा खर्च गर्न पाउने किसिमले सर्कुलर जारी गरिसककेको छ ।
FACEBOOK COMMENTS