काठमाडौं,कार्तिक १९ – सानिमा बैंकले स्वास्थ्य परिक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता ल्याएको छ ।
यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले रु५ हजारको बार्षिक स्वास्थ्य परिक्षण सुविधा पाउने छन् । नेपाल र भारतमा हुने उपचारमा १ लाख सम्मको औषधि उपचार बीमा सुविधा पनि पाउने बैंकले जनाएको छ ।
यस्तो खातावाला ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एक मुष्ठ २० लाख बीमा रकम दावी गर्न सक्ने बताईएको छ ।
यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको ३ लाख रुपैया बीमा तथा २५००० को मृत्यु लाभ हुने बीमा बैंकले गरीदिने छ ।
सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।
FACEBOOK COMMENTS