काठमाडौं, असोज १५ – बुटवलमा बुधबार राती थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्थायी अस्पतालमा ८० वर्षीय पुरुषको मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खा नगरका कोरोना संक्रमित बृद्धको मृत्यु भएको जानकारी दिए। असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी बुधबार बिहान साढे ६ बजे आइसोलेसनमा भर्ना भएका थिए।
कोरोना संक्रमणसँगै उच्च रक्तचापको पनि समस्या रहेका उनको बुधबार राति साढे ११ बजे मृत्यु भएको डाक्टर थापाले जानकारी दिए। आइसोलेसन अस्पतालमा अब ४१ जना संक्रमीत उपचाररत छन्। तीमध्ये २५ जना आइसोलेसन अस्पताल र १६ जना आईसियुमा उपचाररत रहेको डाक्टर थापाले जानकारी दिए।
FACEBOOK COMMENTS