काठमाडौं, मंसिर २३- बुटवल पावर कम्पनीले २८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको २७ औँ साधारणसभा पुस २४ गतेका लागि घोषणा गरिएको छ ।
उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । साधारण सभा प्रयोजनका लागि पुस ९ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ ।
FACEBOOK COMMENTS