काठमाण्डौं– वर्षमान पुनले उर्जा मन्त्रालयको कार्यसम्हालेको १ वर्ष भयो ।
उनले आफुले एक वर्षमा के कति काम गरे प्रगति विवरण सार्वजानिक गरेका छन् ।
मन्त्री पुनले सार्वजानिक गरेको प्रगति विवरण अनुसार बुढी गण्डकी जलविद्युत आयोजना (१२०० मे.वा.)मा २०७४ चैत्र देखी २०७५ फागुन सम्म ( मन्त्रीले कार्यभार सम्हालेको महिना देखी हालसम्म) ९ हजार ३४ जग्गाधनीहरुको २९ रोपनीका लागि १८ अर्व ४३ करोड ३३ लाख मुआब्जा वितरण गरेको जनाएको छ ।
बुढीगण्डकीमा कुल ११ हजार २७ जग्गाधनीहरुको ३८ हजार १ सय ९२ रोपनीका लागि २२ अर्ब ७८ करोड ३४ लाख मुआब्जा वितरण गरिएको छ ।
उक्त आयोजनास्थलमा कार्यलय भवन तथा आवास निमार्ण भइरहेको भने गोरखा जिल्लातर्फ ६० कि.मि तथा धादिङ तर्फ २५ कि.मि. स्थलमार्गको सर्वेक्षण तथा रेखाङ्कन कार्य भइरहेको छ ।
पश्चिम सेती आयोजनामा भने कुनै प्रगति भएको छैन । पश्चिम सेती जलविद्युत आयोजना विकासको लागि चाईन थ्री गोर्ज इन्टरनेश्नल कर्पोरेशन संग संयुक्त लगानी सम्झौता सम्पन्न भएकोमा विभिन्न कारणहरु देखाई थ्री गोर्ज कम्पनीले आयोजना अघि बढाउन नसक्ने जनाएको छ ।
आयोजनाको निमार्णकार्य तत्काल अघि बढाउन आयोजनाको विकास मोडालिटी तय गरी लगानी बोर्डमा पेश गर्न ऊर्जा मन्त्री, अर्थ मन्त्री , र लगानी बोर्डका कार्यकारी अधिकृत रहेको समिती गठन भएको छ ।
FACEBOOK COMMENTS