काठमाडौं – बुद्ध एयरले १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ।
उक्त जहाज फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीले निर्माण गरेको हो।
नाइन एन एएमवाई कलसाइन रहेको जहाज सहित सात वटा एटिआर ७२–५००, तीनवटा एटिआर ४२–३२० र दुईवटा बिचक्राफ्ट १९०० डी रहेको छ।
नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपछि अर्को महिनाबाट उडान भर्ने कम्पनीले जनाएको छ।
बुध्द एयरले जेठ १३ देखि एटिआर ७२–५०० बाट भारतको कोलकोता पनि उडान भर्ने बताइएको छ।
FACEBOOK COMMENTS