काठमाडौं, वैशाख २२ – बुधबार एकै दिन काठमाडौं उपत्यकामा ३ हजार ८ सय २५ कोरोना संक्रमणको पुष्टि भएको छ। विभिन्न प्रयोगशालाहरुमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ८ सय २५ संक्रमित थपिएका हुन्।
मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ८४९ छन्। यस्तै, ललितपुरमा ५१८ र भक्तपुर जिल्लामा ४५८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
FACEBOOK COMMENTS