काठमाडौं,माघ १५- पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ ।
बुधबार दिउँसो देशको पश्चिम तथा मध्य भू–भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य वदली रही पूर्वी तराई भेगमा आंशिक वदली रहने छ । पश्चिमी र मध्य भू–भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।
FACEBOOK COMMENTS