काठमाडौं, १५ पुस – बुधवार चार वाणिज्य बैंक सहित ११ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधवार आगामी साधारण सभाका लागि बुक क्लोज गरेका नबिल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक , कृषि विकास बैंक , वोमी लघुवित्त, ङादी ग्रुप पावर, स्पर्स लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, मञ्जुश्री फाइनान्स, छिमेक लघुवित्त र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले नबिल बैंक ३३ दशमलव ५० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार ३८, नेपाल एसबिआई बैंकको ६ प्रतिशत बोनसपछिको मूल्य रू. ३८५ ,कृषि विकास बैंकको १५ प्रतिशत बोनसपछिको मूल्य रू. ४२४ र ग्लोबल आईएमई बैंकको १४ प्रतिशत बोनसपछिको मूल्य रू. ३०७ तोकेको हो ।
त्यस्तै छिमेक लघुवित्तको २२ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार १३५, मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनसपछिको मूल्य रू. ३२१, ग्लोबल आइएमई लघुवित्रको २७ दशमलव ४७ प्रतिशत बोनसपछिको मूल्य रू. १ हजार ३५९ रहको छ ।
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ७ दशमलव ३७ प्रतिशत बोनसपछिको मूल्य रू. १८६, ङदी ग्रुप पावरको १० प्रतिशत बोनसपछिको मूल्य रू. २१८, वोमी लघुवित्तको ३० प्रतिशत बोनस पछिको मूल्य रू. ७०३ र स्पर्श लघुवित्तको १९ दशमलव ५० प्रतिशत बोनसपछिको मूल्य रू. ८१३ तोकिएको हो । यी कम्पनीहरुको मंगलवार कायम अन्तिम मूल्यको आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
FACEBOOK COMMENTS