काठमाडौं, असोज १८ – नेपाल प्रहरीका पूर्वडिएसपी कृष्ण खड्कालाई जिल्ला अदालत काठमाडौंले साईबर अपराध मुद्दामा ५० हजार जरीवाना हुने फैसला गरेको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद न्यौपानेले उनलाई ५० हजार जरिवाना र जाहेरवालालाई २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेका हुन्।
विद्युतीय (ईलेक्टोनिक) कारोवार ऐन–०३३ को दफा ४७ ९१० विपरितको कसुर र सोही ऐनको दफा ४७ (१) बमोजिम उनलाई जरिवाना गरिएको अदालतको फैसलामा उल्लेख छ ।
खड्काले चलाएको फेसवुक आइडीबाट आफ्नी भाईबुहारीलाई अश्लील गाली गरेर म्यासेज पठाएको उजुरीपछि महानगरीय अपराध महाशाखाले उनलाई २०७५ असोजमा पक्राउ गरेको थियो । उनि पछि असोज २१ मा १ लाख धरौटीमा छुटेका थिए ।
FACEBOOK COMMENTS