काठमाडौँ, पुष ११ – बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म ७० हजार नाघेको छ । क्रिसमसका दिन सार्वजनिक गरिएको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ५७० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७० हजार १९५ पुगेको हो ।
मृतक संख्याको आधारमा बेलायत युरोपीयन मुलुकमा इटालीपछि दोस्रो स्थानमा पर्दछ । इटालीमा मृतकको संख्या बेलायतको भन्दा लगभग एक हजारले बढी रहेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ३२ हजार ७२५ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बेलायतमा संक्रमित हुनेको कुल संख्या २२ लाख २१ हजार ३१२ पुगेको छ । हाल बेलायतमा भाइरसले नयाँ रुप परिवर्तन गरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको अधिकारीहरुले बताएका छन् ।
यसअघिको भाइरसको तुलनमा संक्रमण दर ७० प्रतिशत बढी रहेको बताइएको उक्त नयाँ संस्करणको भाइरस कत्तिको हानिकारक हुन्छ भन्ने बारेमा अझै अध्ययन भैरहेको र यो धेरै हानिकारक नरहेको वैज्ञानिकहरुले बताएका छन् । भियूआइ—२०२०१२—०१ नामको उक्त भाइरस यूकेको लन्डन र दक्षिण पूर्वी इंग्ल्याण्डमा बढी देखिएको छ ।
यो स्ट्रेनको संक्रमण तीव्र भएपनि यसले पहिलाको स्ट्रेन भएको व्यक्ति भन्दा बढी असर अर्थात धेरै हस्पिटलमा भर्ना हुनुपर्ने वा बढी मृत्युदर जस्तो केही देखिएको छैन् । हाल बजारमा आएको भ्याक्सिनले यसलाई काम गर्छा कि गर्दैन भन्ने बारेमा अहिले आममानिसको चासो रहेको छ ।
भाइरसका कारण संक्रमणदर र मृत्युदरमा वृद्धि भएपछि लन्डन लगायतका विभिन्न भागहरुमा लकडाउन जस्तै समान किसिमको ुटीयर ४ु नामक प्रतिबन्धको घोषणा गरिएको छ । उक्त प्रतिबन्धका कारण यसपटक बेलायतबासीहरुले हर्षोल्लासकासाथ क्रिसमस पर्व मनाउनबाट बन्चित भएका छन् ।
FACEBOOK COMMENTS