काठमाडौं, असोज १९ – बेलायको भ्याक्सिन टास्क फोर्सका अध्यक्ष केट बिङ्घमले देशमा कोरोना भाइरसविरुद्धको खोप सबैका लागि उपलब्ध हुन नसक्ने बताएका छन् । फाइनान्सियल टाइम्ससँगको कुराकानीमा जोखिममा भएकाहरुलाई मात्रै खोप लगाइने उनले जानकारी दिए ।
‘१८ मुनिकाहरुलाई खोप लगाइने छैन । यो वयस्कहरुका लागि उपलब्ध खोप हो, ५० वर्ष माथिकालाई । तीमध्ये पनि स्वास्थ्य क्षेत्र र केयर होममा कार्यरत कर्मचारी र जोखिममा भएकालाई बढी प्राथमिकता दिइनेछ,’ बिङ्घमले भने ।
FACEBOOK COMMENTS