काठमाडौं,फागुन ७ – बेलायती सरकारले सीप नहुने र कम सीप भएका कामदारलाई भिसा नदिने नयाँ योजना सार्वजनिक गरेको छ।
उक्त योजनामा ब्रिटेनका रोजगारदाताहरूलाई सस्तो श्रममा आश्रित नहुन र आफ्ना कर्मचारीलाई टिकाइ राख्नका लागि आवश्यक लगानी गर्न र स्वचालित प्रविधि विकासित गर्न भनिएको छ।
डिसेम्बर ३१ मा यूके र युरोपेली युनियनबीच खुला आवतजावतको व्यवस्थाको अन्त्यपछि युरोप र अन्यत्रका नागरिकहरूलाई समान व्यवहार गरिने गृह मन्त्रालयले जनाएको छ।
प्रतिपक्षी लेबर पार्टीले भने यस्तो ‘असहज वातावरणूले कामदारहरूलाई आकर्षण गर्न गार्हो हुने बताएको छ’ । तर गृहमन्त्री प्रिती पटेलले भने नयाँ व्यवस्थाले यूकेमा प्रतिभाशाली र उत्कृष्टहरू भने आउन सक्ने बताएकी छन्।
ब्रिटेन आउने आप्रवासीको सङ्ख्या घटाउन चाहेको ब्रिटिश सरकारले आप्रवान व्यवस्थामा अङ्क प्रणाली लागु गर्न चाहेको छ। यस अन्तर्गत यूके आउन चाहने विदेशी नागरिकहरूले अङ्ग्रेजी भाषा बोल्नुपर्ने र उनीहरूलाई स्वीकृतिप्राप्त रोजगारदाताले सिपयुक्त जागीरको प्रस्ताव गरेको हुनुपर्ने छ।
त्यस्तो मापदण्ड भित्र पर्ने विदेशी कामदारले ५० अङ्कले प्राप्त गर्नेछन्। कुल अंक ७० ल्याएमा मात्र कामदार भीसा पाउन सक्नेछ । आप्रवासीले उक्त अंक ल्याउन योग्यता, तलब, कामको क्षेत्र र आवश्यकता समेतलाई आधार मानिनेछ ।
कामदार भीसा पाउन अंकको आधार
प्रस्तावित अंक प्रणाली
अनिवार्य आवश्यकता
अनुमतिप्राप्त प्रयोजकबाट जागिरको आव्हान- २० अंक
ठिक दक्षताको तहमा जागिर- २० अंक
आवश्यकताको तहमा अंग्रेजी- १० अंक
तलबलाई अंक
२३०४० देखि २५५९९ पाउन्ड- १० अंक
२५६०० भन्दा माथि- २० अंक
थप अंक
अभाव भएको पेशाको जागिर- २० अंक
जागिरसम्बन्धि विषयको पीएचडी- १० अंक
सम्बन्धित स्टिम विषयमा पीएचडी- २० अंक
नयाँ योजना अन्तर्गत यूके आउनसक्ने सिप भएका कामदारहरूको सङ्ख्यामा सिमा भने तोकिने छैन।
-बीबीसी
FACEBOOK COMMENTS