लन्डन — कोरोना भाइरस ९कोभिड–१९० को उपचारका लागि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन डिस्चार्ज भएका छन् ।
जोन्सनलाई कोभिड–१९ को संक्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना गरिएको थियो। अस्पताल बसाईका क्रममा उनको स्वास्थ्य बिग्रिएपछि ३ दिन सघन उपचार कक्षमा राखेर अक्सिजन दिइएको थियो। अस्पतालबाट डिस्जार्च हुने बेलामा प्रधानमन्त्री जोन्सनले अस्पतालका कर्मचारीको साहस देखेर आफू प्रभावित भएको बताएका बीबीसीले जनाएको छ। चिकित्सकहरुले उनलाई केहीदिन आराम गर्न सल्लाह दिएका छन्।
FACEBOOK COMMENTS