काठमाडौं, पुष ९ – युरोपेली युनियन (ईयू) र बेलायतबीच बुधबार नयाँ व्यापारिक सम्झौताका लागि सहमति जुटेको छ । सम्झौताबारे औपचारिक घोषणा बिहीबार हुने अपेक्षा गरिएको छ ।
यस सम्झौताका लागि विगत ११ महिनादेखि दुुबै पक्षबीच वार्ता भइरहेको थियो । जनवरी ३१, २०२० मा ईयूूबाट बेलायत औपचारिक रुपमै बाहिरिएको थियो । यसलाई ब्रेक्जिट पनि भनिन्छ । यद्यपी, ब्रेक्जिटपछिको नयाँ अवस्था निर्माणका लागि ११ महिनाको समयसम्म धेरै विषय यावत् अवस्थामा राख्ने सहमति दुुबै पक्षबीच भएको थियो ।
त्यो समयसीमा ३१ डिसेम्बरमा समाप्त हुने भएकाले १ जनवरी २०२१ देखि लागुु हुनेगरी बेलायत र ईयूूबीच नयाँ सम्झौता आवश्यक थियो । यद्यपी, दुुबै देश आ–आफ्नै स्वार्थ र शर्तमा अडिएका कारण विगतमा सम्झौता हुन सकेको थिएन । ३१ डिसेम्बर नजिक आइसकेका कारण नयाँ सम्झौता हुन नसक्दा दुुबै पक्षले ठूूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था थियो । तर अशंकाहरुलाई चिर्दै बुधबार दुुई देशबीच नयाँ व्यापारिक सम्झौताका लागि सहमति भएको हो ।
जनवरीमा ईयू छाडेयता नै ईयूका सदस्य देशसँग अलग–अलग रुपमा स्वतन्त्र व्यापार सम्झौता गर्ने बेलायतको प्रस्ताव थियो । यता, युरोपेली देशहरु भने ईयूमार्फत संयुक्त सम्झौता हुनुपर्ने पक्षमा थिए । नयाँ सम्झौता नहुँदा ठूलो आर्थिक क्षति तथा लाखौं रोजगारी गुम्ने थियो ।
कोरोनाकालमा यति ठूलो जोखिम उठाउने अवस्थामा दुुबै पक्ष थिएनन्, त्यसैले उनीहरु सहमतिमा आएका छन् । सम्झौताको बिस्तृत विवरण बिहीबार बाहिरीने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS