कोपनहेगनस्थित पार्केन स्टेडियममा सम्पन्न समूह बी अन्तर्गत उपाधि दावेदार बेल्जियमले डेनमार्कलाई २(१ गोल अन्तरमा हराउँदै लगातार दोस्रो जित निकालेको हो।
बेल्जियमलाई जिताउन थोर्गन हाजार्ड र केभिन डी ब्रुएनले एक एक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए।
घरेलु मैदानमा भएको खेलमा डेनमार्कले बलियो बेल्जियममाथि सुरूवाती अग्रता लिएको थियो। खेलको दोस्रो मिनेटमा युसुफ पाउलसेनले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका हुन्। पाउलसेनले पिएरे इमिलको पासमा गोल गरेका थिए।
पहिलो हाफमा १( ० ले पछि परेको अवस्थामा दोस्रो हाफमा आक्रमक खेल खेलेको बेल्जियमले खेलको ५४ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो।
उसका लागि थोर्गान हाजार्डले गोल गरेका थिए। उनले ब्रुएनको पासमा गोल गरे ।
त्यसपछि खेलको ७० औं मिनेटमा केभिन डि ब्रुएनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए। दोस्रो हाफमा मैदान प्रवेश गरेका ब्रुएनले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका हुन् ।
FACEBOOK COMMENTS