काठमाडौं, असोज १८ – प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा बसेका छन् । उनको सचिवालयका अधिकांश सदस्यहरुमा नै कोरोना भारइरस सङ्क्रमण देखापरेपछि प्रधानमन्त्री ओली आइसोलेसनमा बसेका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयका चार जना, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई सङ्क्रमण सङक्रमण भएको छ । ओली उनीहरुको निकट सम्पर्क र सम्बन्धमा रहँदै आएका छन् ।
उनको फेरि स्वाब संकलन गर्ने तयारी छ । ओलीको सचिवालयका एक सदस्यका अनुसार कसरी सङ्क्रमण भयो भन्ने विषयमा थाहा हुन सकेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएको छ । प्रधानमन्त्री ओली केही दिन भेटघाट बन्द गर्ने मनस्थितिमा छन् ।
यसअघि ओलीको निजी चिकित्सकलाई पनि कोरोना संक्रमण देखिएको थियो । गत बिहीबार गरिएको स्वाब परीक्षणमा भने प्रधानमन्त्री ओलीसहित श्रीमती राधिका शाक्यको रिपोर्ट नेगेटिभ देखिएको थियो ।
प्रधानमन्त्रीले सावधानीका साथ नै भेटघाट गर्दै आएकाले उनमा जोखिम कम रहेको अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS