काठमाडौं ।बैंकमा निक्षेप संकलन कर्जा परिचालनको तुलनामा निक्षेप ह्वात्तै बढेको छ । बैंकर्स संघका अनुसार तीन दिनको अवधिमा बैंकमा निक्षेप संकलन ९ अर्ब रुपैयाँले बढेको छ । कर्जाको माग भने ४ अर्ब मात्रै रहेको छ ।
संघका अनुुसार जेठ २८ गतेसम्म बैंकहरुले ३९ खर्ब ८२ अर्ब निक्षेप संकलन गरेकोमा जेठ ३१ गतेसम्म आईपुग्दा ९ अर्बले बढेर ३९ अर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।कोरोना महामारीका कारण सरकारले गरेको निषेधाज्ञाले गर्दा कर्जाको माग भने घटेको छ । यो तीन दिनको अवधिमा बैंकहरुबाट ४ अर्ब मात्रै कर्जा लगानी गरेको छ ।
जेठ २८ गतेसम्म ३६ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा ३१ गतेसम्म आईपुग्दा कर्जा लगानी बढेर ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको संघको तथ्याङकमा उल्लेख छ
FACEBOOK COMMENTS