काठमाडौं, मंसिर ८ -सर्वोच्च अदालतले बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई एक(एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
आइतबार सर्वोच्चमा न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले अदालतले कीर्ते कागजातका आधारमा ऋण दिएको अभियोगमा थुनामा रहेका श्रेष्ठ र बोहरालाई जनही एक(एक करोड धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उनीहरु सर्वोच्च गएका थिए ।
थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने भन्ने उच्च अदालतको आदेश बदर गर्दै एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अब श्रेष्ठले उच्च अदालतमा एक करोड रुपैयाँ धरौटी तिरेरपछि रिहा हुन पाउनेछन् । बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसहित ११ जनालाई पाँच करोड रुपैयाँ ऋण दूरुपयोग बारे उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत ५ असोजमा पक्राउ गरेको थियो।
FACEBOOK COMMENTS