काठमाडौं – बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव ( क्रेडिट क्रन्च) भएपछि यसको असर सवारीसाधन कर्जामा (अटोलोन) परेको छ । क्रेडिट क्रन्च भएपछि पछिल्ला वर्ष अटोमा बैंकको लगानी घटेको हो ।
असारसम्म बैंक तथा वित्तीय संस्थाको सवारी क्षेत्रमा हुने लगानी ५० प्रतिशत घटेको छ ।
अघिल्लो आर्थिक वर्षमा ३९ अर्ब २४ करोड रुपैयाँ सवारीसाधनमा लगानी भएको थियो । गत आर्थिक वर्षमा घटेर २१ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ ।
बैंक तथा वित्तीय संस्थाले अटो लोनलाई सुरक्षित र बढी नाफा हुने क्षेत्रका रुपमा लिने गरेका छन् ।
व्यवसायिक प्रयोजनका लागि सवारीसाधनमा १८ अर्ब र व्यक्तिगत प्रयोजनाका लागि ३ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । हालसम्म १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
FACEBOOK COMMENTS