काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले अधिकांश कर्जा घरजग्गा धितोमा दिने गरेका छन् ।
मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टले अधिकांश कर्जा घरजग्गा धितो राखेर लगानी गर्ने गरेको भेटिएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनाको अन्त्य सम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको तथ्याङ्क सार्वजानिक भएको छ ।
राष्ट्र बैंकका अनुसार ओभरड्राफ्ट कर्जा १.७ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा २.३ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS