काठमाडौं, जेठ १ । वाणिज्य बैंकहरुले निषेधाज्ञाको समयमा सेवाग्राहीको डिम्याट खाता नखोल्ने निर्णय गरेका छन् । निषेधाज्ञामा पनि डिम्याट खाता खोल्नेको संख्यामा कमी आएको छैन ।
जसकारण, बैंकमा भिडभाड बढी भएको र त्यो भिड घटाउन डिम्याट नखोल्ने निर्णय गरेको नेपाल बैंकर्स संघले बताएको छ । संघले निषेधाज्ञा खुलेपछि फेरी सेवा दिने बताएको छ ।
दोस्रो लहर तीव्र गतिमा फैलिरहेको बेला बैंकले आफ्ना कर्मचारी र सेवाग्राहीमा संक्रमण घटाउन भन्दै यस्तो निर्णय गरेका हुन् । सेवाग्राही बैंक पुग्दा कर्मचारी र सेवाग्राहीलाई नै संक्रमणको जोखिम हुन्छ ।
बैंकले दिने अधिकांश सेवा कटाएर संक्रमणको जोखिम कम गर्न सकिने निष्कर्षमा पुगेपछि संघले डिम्याट नखोल्ने निर्णय गरेको बताइएको छ ।
नेपाल सीडीएसी एण्ड क्लियरिङले हाल नेपालमा ३५ लाख २८ हजार जनाले डिम्याट खाता खोलेको बताएको छ । जुन, गत वर्षको चैतसम्मा २४ लाखको हाराहारीमा थियो ।
FACEBOOK COMMENTS