काठमाण्डौँ — अब वाणिज्य बैंकले विदेशी लगानीकर्ताको एजेन्टका रूपमा काम गर्न पाउने भएका छन् ।
विदेशी लगानीकर्ताले मुलुक भित्र्याएको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) व्यवस्थापन, संरक्षण र कारोबार सञ्चालनका लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले परिपत्रमार्फत बैंकलाई यस्तो निर्देशन दिएको हो ।
यसअघि वाणिज्य बैंकलाई विदेशी लगानीकर्तालाई लगानीसम्बन्धी एजेन्सी सेवा दिन सुविधा थिएन ।
उक्त सेवा प्रदान गर्न वाणिज्य बैंकले राष्ट्र बैंकले तोकेका विभिन्न मापदण्ड पूरा गर्नुपर्ने राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए ।
चालु आर्थिक वर्षको सुरुदेखि नै एफडीआई घटदो दरमा छ ।
घट्ने क्रमलाई नियन्त्रण गरी धेरै एफडीआई मुलुक भित्र्याउन लगानीकर्तालाई सुविधा दिन बैंकलाई एजेन्सी सेवाको छुट दिइएको राष्ट्र बैंकले जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS