काठमाण्डौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुलाई बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो सुझाव दिनुदिएका हुन् ।
प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमुलक, रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न दिए ।
प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई कृषि क्षेत्रमा बढी र बिलासिताका वस्तुमा लगानी कम गर्नु आग्रह गरेका छन् ।
बैंक तथा वितीय संस्थाद्वारा घोषित चर्को ब्याजदर कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा महासंघले प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो ।
प्रधानमन्त्री ओलीले व्यावसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री डा युवराज खतिवडा र राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवि नेपाललाई निर्देशन दिएका छन् ।
FACEBOOK COMMENTS